पल शाह र रश्मी तामाङको ‘हबिबि’ गीत सार्वजनिक

...

काठमाडौं । पछिल्लो समय अमेरिकामा बस्दै आएकी मोडल रश्मी तामाङ र पल शाहको नृत्य रहेको नयाँ गीत हबिबि सार्वजनिक गरिएको छ । युवापुस्ता माझ लोकप्रिय गायक उर्गेन दोङको स्वर तथा कम्पोजमा रहेको गीतमा पल र रश्मीलाई निकै आकर्षक ढंगले देखाइएको छ । भिडिओलाई बिजय दोङले निर्देशन गरेका हुन् ।

हबिबि सलाम वालिकुम, अबिबि तिमी पुर्णीमाको जुन भन्दै पल र रश्मीको बयान गरेका छन् । उर्गेन दोङ युट्युव च्यानलमा सार्वजनिक भिडिओमा नेपाली कल्चरलाई पनि प्रचार गरिएको छ । पछिल्लो केहिबर्ष यता अमेरिकामा बस्दै आएकी मोडल रश्मीले नेपाल आएको समयमा उक्त गीतमा मोडलिङ गरेकी हुन् । अहिले उनी अमेरिका फर्किसकेकी छिन् ।