काठमाडौँ । म नेपाल हासेको हेर्न चाहान्छुु…नेपाली खुुसीले बाँचेको हेर्न चाहान्छुु… लगायतका देशभक्ती शब्दभावहरुले भरीएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको नयाँ गीत सार्वजनिक भएको छ । उनले फिल्म ’लाज शरणम्’ का लागि गाएको ’नेपाल हाँसेको’ बोलको ¥याप गीत आज बालेनकै अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो ।
यसमा गीतमा बालेनकै शब्द, कम्पोज र ¥याप छ । बालेन शाहको यो लामो समयको अन्तरालमा सार्वजनिक गीत हो । गीत सार्वजनिक भएसँगै बालेनको पक्षमा निकै सकरात्मक कमेन्टहरु आईरहेको छ । चलचित्र टिमले यसलाई ’प्रमोसनल सङ’ का रूपमा दर्शकमाझ ल्याएको हो ।
भिडिओमा फिल्मका कलाकारहरू देखिएका छन् । कुमार कट्टेलको निर्देशन रहेको यो चलचीत्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, सागर लम्साल, अर्जुन घिमिरे, कमलमणि नेपाल, लगायतको अभिनय छ । फिल्म फागुन १४ गतेदेखि अर्थात् महाशिवरात्रिको अवर पारेर प्रदर्शनमा आउने तयारीमा छ ।







२८ माघ २०८१, सोमबार १७:१७ 








