काठमाडौँ । पचास हजार गीतमा आवाज भरेकी स्वर कोकिला लता मंगेशकरले संसारबाट विदा लिएको तीन वर्ष पुरा भईसकेको छ । केही दिनअघि उनको तेस्रो पूण्यतिथिको अवसर पारेर काठमाडौंमा गायक रामकृष्ण ढकालले गायिका मंगेकशरको सम्झनामा एउटा विशेष कार्यक्रम नै आयोजना गरेका थिए ।
लता मंगेशकरले तीन वटा नेपाली गीतसमेत गाएकी थिइन् । रामकृष्ण ढकालसंगको नेपाली यूगल गीत ‘बाँचुञ्चेलीलाई…’ लाई उनको हालसम्मको अन्तिम गैर–फिल्मी गीत मानिएको छ, यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । दुई दिन अघि काठमाडौंमा आयोजित समारोहमा उक्त गीतको फिमेल भर्सन, जुन लता मंगशकरको स्वरमा रेकर्ड भएर हालसम्म सार्वजनिक गरिएको थिएन, त्यसको अडियो भर्सन पहिलो पटक सार्वजनिक गरिएको थियो । गायक रामकृष्ण ढकालका अनुसार उक्त गीतको म्युजिक भिडियो केही समयपछि निर्माण गरिने कार्यक्रम छ ।
कीर्तिमानी गायिका मंगेशकर हामीबीचमा नभए पनि उनकी मधुर आवाज आज पनि सबैको सम्झनामा जीवितै छ, सधैं रहिरहने छ । अझ रोचक कुरा के छ भने उनले पहिलो पटक गाएको गीत नै फिल्मबाट हटाइएको थियो । यद्यपि, आफ्नो सुरिलो आवाजको कारण उनले सधैं सबैको मन जितिरहिन् । लताको पहिलो गीत कहिल्यै रिलिज नै भएन भन्ने कुरा धेरै कमलाई मात्र थाहा छ ।







२९ माघ २०८१, मंगलवार १२:१७ 








