मायावी फिल्म हेर्नेलाई टिकटको पैसा फिर्ता

...

काठमाडौँ । फिल्म मायावी मन नपराउनेलाई टिकटको पैसा फिर्ता । हो सही सुन्दै हुनुहन्छ, नायक पल शाह र अभिनेत्री दिपिका प्रसाईं अभीनीत चलचित्र रीलीजको संघारमा छ । र फील्म एकदमै राम्रो बनेको कुरामा निर्देशक तथा निर्माता दिवाकर भट्टराई  निकै विस्वस्त छन् ।

उनले यतिसम्म भन्न भ्याए की यदि मायावी फिल्म हेर्न जाने कुनै पनि दर्शकले फिल्म हेरेपश्चात् चलचित्र मन परेन , पैसा खेरा गयो भन्नुहुन्छ भने म टिकटको पैसा फिर्ता  गरिदिन्छु ।

फिल्ममा अभिनेत्री दीपिका प्रसाईं र पल शाहबीचको प्रेम सम्बन्ध  देखाइएको छ। पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, राजाराम पौडेल, रमा प्रसाईंलगायत कलाकारको अभिनय छ। फिल्मको कथा लेखन निर्देशक भट्टराई स्वयंम्को हो।

यो फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शन हुनेछ।