हलिउडमा डेब्यू गर्दै सलमान खान

...

काठमाडौँ ।  बलिउड अभिनेता सलमान खान हलिउड फिल्ममा डेब्यू गर्दैछन्। सन् २०२१ को अर्जेन्टिनी फिल्म द सेभेन डग्स को रिमेकमार्फत उनले हलिउडमा डेब्यू गर्न लागेका हुन्। यस फिल्मलाई रोड्रिगो गुरेरोले निर्देशन गरेका थिए।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो हलिउड फिल्मको छायांकन दुबईमा भइरहेको छ। छायांकन सेटबाट सलमानको फर्स्टलुक लिक भएको छ। सार्वजनिक भिडियोमा उनी गम्भिर अवतारमा देखिएका छन्।