काठमाडौँ । लोकप्रिय गायक सुजन चापागाईंको टिमलाई अमेरिकाले भिसा नदिएपछि अमेरिकामा हुने भनिएको कन्सर्ट अनिश्चित समयका लागी रद्ध भएको छ । निकै ठुलो तयारीका साथमा अमेरिकाका बिभिन्न राज्यका बिभिन्न शहरमा कन्सर्ट गर्ने तयारीमा थिए । तर जब अन्तिम समयमा आएर अमेरिकन एम्बेसीमा अन्तर्वार्ताका लागी सुजन सहित ब्याण्डमा रहेका ८ जनाको टिम जाँदा १ जनाको मात्र भिसा दियो । अरु कसैको भिसा दिएन ।
सुजनले सामाजिक सन्जालमा लेखेका छन्, लगभग २ बर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुन शुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउंदै गर्दा नमिठो अनुभव पक्कै भएको छ। यो अनिश्चितताको कारण पर्न गएको असर प्रति सम्पुर्ण आयोजक, दर्शक तथा शुभचिन्तक प्रति क्षमा याचना गर्दछु। हामी पुनः भेटने छौं…… ।








९ फाल्गुन २०८१, शुक्रबार १६:४८ 








