काठमाडौँ । टिकटकमा हिट कुल ब्याय देखी माग्ने बुढाका छोरा आशिष घिमिरेहरुले अभिनय गरेको होस्टल ३ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सुरुमा अनमोल केसी, सलोन बस्नेत, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकारलाई डेब्युको अवसर दिएको ‘होस्टेल’ फिल्मको यो तेस्रो श्रृंखला हो ।
फागुन २३ गतेबाट रिलिज हुने तयारीमा रहेको यो फिल्मको ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथालाई पेस गरेको छ । ट्रेलर हेर्दा फिल्मको कथा अभिनेता पारस बम ठकुरी अर्थात उनै कुल ब्वायमा केन्द्रित रहेको देखिन्छ ।
गायक समेत रहेका सशान कँडेलको निर्देशनमा तयार भएको फिल्ममा पारससहित द भ्वाइस अफ नेपालबाट चर्चामा आएका रिहान गिरि पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी लगायतको पनि अभिनय छ ।







९ फाल्गुन २०८१, शुक्रबार १६:५८ 








