‘ताण्डवम्’को नयाँ गीत सार्वजनिक

...

काठमाडौं । चलचित्र ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । गीतमा हर्क साँउदको शब्द छ । सुशान्त गौतम संगीत तथा स्वर रहेको छ ।

‘ताण्डवम्’ ‘गत शुक्रबारबाट रिलिजमा आएको चलचित्र हो । जुनिम गहतराजले निर्देशन गरेको चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायतको अभिनय छ ।

चलचित्रले एक नव-विवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनालाई समेटेको छ ।