काठमाडौँ । नायिका शिल्पा पोखरेल, केकी अधिकारी, बेनिशा हमाल, शोभिता सिम्खडा,गायीका एलीना चौहान,बेनीसा हमाल लगायत अन्य सेलीब्रेटीहरु पनि तपोवनमा पुगेर ओशो सन्यासी बनीसकेका छन् ।
पछिल्लो समय धेरै कलाकार र राजनीतिज्ञहरुको अभिरुचि अध्यात्मतिर बढ्दै गएको देखिन्छ । अझ सेलिब्रेटीहरु सम्बन्ध विच्छेदपछि ओशो सन्यासी बनिरहेका छन् । यसैको जल्दोबल्दो उदाहरण हुन्, नायिका शिल्पा पोखरेल । उनले छविराज ओझासँग सम्बन्ध विच्छेद गरेको केहीसमयमै ओशो सन्यासी बनेको फोटो भिडियो भाइरल भएका थिए ।
त्यसैगरी गायिका एलिना चौहानले पनि यसअघि तपोवनमा पुगेर ओशोप्रति झुकाव दर्शाएकी थिइन् । त्यस्तै अभिनेत्री नम्रता सापकोटा पनि ओशो सन्यासी हुन् । तीन वर्ष अगाडि नै सन्यासी बनेकी उनी विहे गर्ने इच्छा नभएको तर आफू सिंगल मदर बन्ने चाहना रहेको बताएर चर्चामा आइरहन्छिन् ।








१२ फाल्गुन २०८१, सोमबार १०:५२ 








