मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

...

काठमाडौं । फिल्म ‘कर्मा’ का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ । उनको यो लुक्सले उनी खलपात्रको रुपमा फिल्ममा रहेको प्रष्ट पार्छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन फिल्म हो । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज फिल्मले लिएको छ ।