महामन्त्री विश्वप्रकाश शर्मा गीतसंगीतमा

...

काठमाडौँ । समसामयिक सामाजिक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’ को एउटा गीतमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ ।

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । शिव ढकालले खिच्ने फिल्मको कथा दिनेश कोइरालाको हो भने पटकथा, संवाद मौनता श्रेष्ठले लेखेका छन् । वैशाख तेस्रो साताबाट सुटिङ सुरु हुने फिल्मका गीतमा विश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको निर्माण व्यवस्थापकमा श्याम केसी छन् । चितवनका विभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार, आवाज र एक वैचारिक क्रान्तिको संकेतका रुपमा अर्थ्याइएको छ।