वर्षा भन्छिन्, ‘धेरैले तेरो करिअर सकियो भनेका थिए, तर म उठेँ’

...

काठमाडौँ । विवाह भएको दुुई महिनामा नै डिभोर्स गरेकी गायिका वर्षा सिवाकोटी भन्छीन् एकदिन मात्रै कुरिदिएको भए लाइफमा धेरै कुरा फरक हुन्थ्यो होला। त्यो सम्बन्धले धेरै कुरा सिकायो ।  ‘धेरैले तेरो करिअर सकियो भनेका थिए, तर म उठेँ’।

केही वर्षअघि वर्षाले बिहे गरेको दुई महिनामै सम्बन्धविच्छेद भएको थियो। दोस्रो वीवाहको वीषयमा उनी भन्छीन् ‘प्रस्ताव आउँछन् तर विश्वास हराइसक्यो। कसैलाई विश्वास नै गर्न सक्दिनँ। प्रपोज गर्नेहरूलाई उल्टै पाठ पढाइदिन्छु। यस्तो कुराको पछि नलाग्नुस् तपाईं भनेर उल्टै बेस्ट फ्रेन्ड बनाएर पठाइदिन्छु। अहिले त  लाइफ एक्लै पो आनन्दको रहेछ भन्ने अनुभूति गरिरहेको छु ।