काठमाडौँ। केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती कलाकार सीतादेवी तिमल्सिना सानै बाट कलाकार बन्ने सपना देख्थिन्। अभिनयमा उनको हुटहुटी सानैदेखि थीयोे । कोमल वलीले रेडियो नेपाल र रमा सिंहले नेपाल टेलिभिजनमा समाचार भनेको सुन्दा सीतादेवीलाई सानैदेखि त्यस्तै बन्न मन थियो । हरिवंश आचार्य र लक्ष्मी गिरीलाई हेर्दा पनि कलाकार बन्न मन गर्थिन् । तर समय परीस्थीतीले उनलाई यो समयमा साथ दीएको छ । सीतादेवीले ५० भन्दा बढी सडक नाटक गरिन् । जिरे खुर्सानी, सक्किगो नि, भद्रगोल र खासखुस जस्ता चर्चित सिरियलमा काम गरेर अहीले सिने क्षेत्रमा फड्को मारेकी छन् । सानो संसार उनको डेब्यु फिल्म हो ।
कलाक्षेत्रमा संघर्ष गरिरहेका केदार घिमिरेसंग विवाह गर्दा उनलाई लागेको थियो अब मेरो कलाकार बन्ने सपना पुरा हुन्छ होला । त्यो समयमा यो दम्पतिले धेरै दुख गर्नुपर्यो। माग्ने बुढाले टेम्पु चलाए,फुटपातमा पसल राखे,ज्यामी काम पनि गरे। बिस्तारै सिताले घर व्यवहार सम्हाल्न थालिन् अनि माग्ने बुढा कलाकारितामा पूर्ण रुपमा होमीए। । यतिबेला केदार घिमिरे एक सफल र डिमाण्डेड कलकारको रुपमा स्थापित भईसकेका छन्। उनि मात्रै होईन उनका छोरा आशिष घिमिरे पनि फिल्मका नायक भईसके।
अब भने सबै घरव्यवहार मिलाएर सीतादेवी पनि कलाकारितामा सक्रिय हुदैछिन्। हुन त उनले धेरै पहिले बाट नै कलायात्रा सुरु गरेकी हुन् तर अहिले भने खुलेरै काम गरिरहेकी छन्। उनले थुप्रै टेलिसिरियलमा काम गरेर फिल्ममा डेब्यु गरेकी छन्। र नाटकमा पनि उतिकै सक्रिय छिन्। आफ्नो रहरको समयमा कलाकार बन्न नसकेपनि यतिबेला उनि कलाकारिताको भोक मेट्दैछिन्।







२५ असार २०८२, बुधबार १८:४७ 








