काठमाडौँ। नायीकाको रुपमा आफ्नो छवी स्थापित गरेकी दीया मास्के वास्तवमा नृत्य कोरियोग्राफर बन्न चाहान्थीन् । चलचीत्रहरुमा काम गर्नुभन्दा पहीला उनी एक डान्सरको रुपमा काम गर्थीन् । दिया नृत्यकी विद्यार्थी पनी हुन् । २१ वर्षको उमेरमै दियाले कथ्थक नृत्यमा स्नातकोत्तर सकेकी थिइन् । उनी कथ्थक नृत्यको गोल्डमेडलिस्ट पनीै हुन् ।
दीयाले एसएलसी दीनासाथ हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको ‘मह–गाईजात्रा’मा डान्सरका रूपमा जोडिन प्रस्ताव आएको थीयो । त्यसपछी दीयाले उक्त मौका गुमाईनन् । महजोडीसँग काम गरेपछी उनलाई थुप्रै अफर आउन थाले । त्यसपछी उनले (भिज्यो सिरानी रातमा) बोलको गीतमार्फत म्युजीक भीडीयोमा डेब्यु गरीन् । उक्त समयमा यो गीत नीकै चर्चीत थीयो ।
दीयाले म्युजीक भीडीयो ,टेलीसीरीयल ,रंगमञ्च हुुदै फील्ममा पाईला चाल्न सफल भएकी हुन् । भुषण दाहाल निर्देशित फिल्म ‘कागबेनी’ मार्फत् २००८ मा दीयाले चलचित्रमा डेब्यु गरेकी हुन् । यसपछि उनी नायीकाको रुपमा स्थापित भईन् र दर्जनौ फिल्ममा काम गर्ने अवसर पाईन् । फिल्ममा काम गरीरहदा दियालाई रोडिजको जज बन्न प्रस्ताव आयो । त्यसपछि उनले रोडिजको जजका रूपमा काम पाइन् । रोडिजसँगै फिल्ममा पनि दियाको व्यस्तता उत्तिकै छ । उनी अभिनित पछील्ला फिल्महरू ‘१२ गाउँ’, ‘कार्साङ’ र ‘ममी’ हुन् ।








२६ असार २०८२, बिहीबार १७:१४ 








