टिकटकर आभा ढुंगाना ‘कश्यप’मा अनुबन्धित

...

काठमाडौं । टिकटकबाट चिनिएकी आभा ढुंगानाले फिल्म ‘कश्यप’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन्। निर्माताले आभालाई अडिसनबाट छनोट गरी उनको प्रतिभा र पर्फमेन्सलाई ध्यानमा राखेर फाइनल गरेको जनाएका छन्।

आभाले यस फिल्मको लागि एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन् । एक्सन, प्रेम र म्युजिक विषयमा निर्माण हुने फिल्मको छायांकन तयारी भइरहेको छ । फिल्मको छायांकन डेट र अन्य कलाकार केही दिनमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।

यसअघि फिल्मले पहिलो झलक सार्वजनिक गरेको छ जहाँ अभिनेता सविन श्रेष्ठ फिचर्ड छन् । लभस्टोरी, एक्सन र सांगीतिक तत्व मिश्रण हुने फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ ।