काठमाडौँ। कृषा चौलागाइँको निर्देशनमा फिल्म ‘पारस’ बन्ने भएको छ। बुधवार साँझ फिल्मको घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने जानकारी गराइन्। विशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन् ।
केपी फिल्मस्का व्यानरमा निर्माण हुने यो फिल्म फागुनदेखि छायांकनमा जानेछ ।निर्माण पक्षले यो फिल्मको रिलिज घोषणा भने गरेको छैन। यसअघि कृषाले ‘पिताम्बर’ निर्देशन गरेकी थिइन्।







१९ भाद्र २०८२, बिहीबार १६:५२ 








