काठमाडौँ। आज दिग्गज अभिनेता नीर शाहको जन्मदिन । कति वर्ष लागे त उनी ? धेरैलाई थाह नुहुन सक्छ उनी नेपाल टेलिभिजनका संस्थापक पनि हुन् । उनी कलकारितामा लागेको झन्डै ६० वर्ष पुगी सकेको छ । ७- ८ वर्षको उमेर देखी कला क्षेत्रमा होमिएका उनले ३०० भन्दा बढी चलचित्रमा काम गरी सकेका छन् ।
शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। सुरुमा ७ सय रुपैयाँबाट अभिनय यात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्। उमेरको हिसाबले उनी ७२ पुगिसकेका छन् ।
शाहले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘परिवर्तन’ हो । कुसुमे रुमाल, प्रेमपिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दूर, गौंथली, जीवनसाथी, बाचा बन्धन, मुनामदन, सानो संसार, किस्मत लगायत उनी अभिनित हिट फिल्म हुन् । शाहले बासुदेव, पच्चीस वसन्त, वसन्ती, राजमती, सेतो बाघ लगायत फिल्म निर्देशन गरेका छन् ।
नेपाली फिल्ममा उनलाई ‘भीष्म पितामह’ पनि भन्ने गरिन्छ ।







२६ आश्विन २०८२, आईतवार १५:२८ 








