श्रीमान् कै कारण कलाकार बनेकी दिया

...

काठमाडौँ। श्रीमान् कै कारण कलाकार बनेकी हुन् दिया मास्के । दिया भन्छिन्, ‘यदि अनुप जी मेरो जीवनमा नआउनुभएको भए म  कलाकारिता क्षेत्रमा आउँदैनथे होला । कलकार बन्छु भन्ने त मैले कल्पना समेत पनि गरेको थिइन ।’

कत्थक नृत्यमा स्नातकोत्तर गरेकी दिया नृत्य विधामै मास्टर्स,पिएचडी गरेर कलेज कलेजमा डान्स सिकाउन चाहान्थीन् । उनी थप सुनाउँछिन्, ‘म त टाइम पास गर्नको लागी एक्टीङ सिक्न गएको थिए ।’ २१ वर्षको उमेरमै दियाले कत्थक नृत्यमा स्नातकोत्तर सकेकी थिइन् । उनी कत्थक नृत्यको गोल्डमेडलिस्ट नै हुन् । दियाले समाजशास्त्रमा पनि स्नातकोत्तर गरेकी छन् ।

उनको कलाकारिता यात्रा नृत्यबाटै सुरु भएको हो ।उनी फिल्मी परिवारमा जन्मिएकी होइनन्, तर सात वर्षकै उमेरमा उनले फिल्मका गीतमा नृत्य गरेकी थिइन् । पछि व्यवसायिक नृत्य अभ्यास गरेरै थियटरमा प्रवेश गरेकी हुन् । दियाले नृत्यबाट म्यूजिक भिडियो र म्यूजिक भिडियोबाट सिरियलमा अभिनय गरिन् । सिरियलपछि मात्रै उनी  थिएटर पुगेकी हुन् ।

थिएटर हुँदै उनको फिल्मी यात्रा तय भएको हो।