अभिनेता असरानीको निधन

...

काठमाण्डौं। वलिउडका वरिष्ठ अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वकीय सचिव बाबुभाईले असरानीको निधन भएको पुष्टि गरेका छन् ।

असरानी स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना थिए र सोमबार दिउँसो ३ देखि ३.३० बजेको बीचमा उन को निधन भएको हो।
असरानी ८४ वर्षका थिए । उनको पूरा नाम गोवर्धन असरानी थियो र उनको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो ।