काठमाडौँ । बालबालिकाको प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ मा जुनियर र सिनियर केटा–केटी गरी एकैसाथ ४ विजेता घोषित भएका छन्। जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न प्रतियोगितामा जुनियर केटातर्फ रिवान बस्नेत र जुनियर केटीतर्फ आरुसी बुढाथोकी विजेता बने भने सिनियर केटातर्फ इङ्गसो जंग थापा र सिनियर केटीतर्फ मानस्वी बस्नेत शीर्ष विजेता घोषित भए।
जुनियर केटातर्फ प्रान्शु बस्नेत फष्ट रनरअप र शिवांशु आर्याल सेकेन्ड रनरअप बने। जुनियर केटीतर्फ अलिमा थापा फष्ट रनरअप, शुभानी पाण्डे सेकेन्ड, अनिता महर्जन थर्ड र क्यारिन बाडेकर फोर्थ रनरअप भइन्। सिनियर केटातर्फ ब्रायन श्रेष्ठ फष्ट रनरअप र शिबाम्सु कटेल सेकेन्ड रनरअप घोषित भए। सिनियर केटीतर्फ सुशासिका घर्ती मगर फष्ट, डिजा आभा तिम्सेना सेकेन्ड, इभानी पुन मगर थर्ड र रेनेश्मी स्थापित फोर्थ रनरअप बनिन्।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमसहित सम्पन्न भएको थियो। निर्णायक मण्डलमा होमनाथ आचार्य, सन्तोष दाहाल, बुनु राई, सुरैया शाक्य र कल्पना त्रिपाठी रहेका थिए। कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु ले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदार ले गरेकी थिइन्। प्रतियोगिताको यो चौथो संस्करण हो।






२० पुष २०८२, आईतवार १८:२५ 










