‘गोबर गणेश’को ट्रेलर र गीतले छोयो दर्शकको मन, मिलियन भ्युज पार

...

काठमाडौं । हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशन तथा मुख्य भूमिकामा बनेको चलचित्रगोबर गणेशको ट्रेलर र गीतले युट्युबमा मिलियन भ्युज पार गर्दै व्यापक चर्चा पाएको छ। ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलर रओ हेलो हाई हाईगीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएका हुन्।

ट्रेलरमा गाउँबाट काठमाडौं आएका युवकको संघर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथा भावनात्मक ढंगले देखाइएको छ। विशेषगरी आमाछोराबीचको सम्बन्ध र शहरको यथार्थले दर्शकलाई छोएको प्रतिक्रिया देखिन्छ। मरिचमान श्रेष्ठको स्वर रहेकोओ हेलो हाई हाईगीतमा उनीसँगै वर्षा सिवाकोटी फिचर्ड छन्, जुन गीत टिकटक र युट्युबमा ट्रेन्डिङमा छ।

दर्शकहरूले कमेन्टमार्फत कथावस्तु, अभिनय र चलचित्रको मौलिक शीर्षकको प्रशंसा गरिरहेका छन्। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रमा मरिचमान श्रेष्ठ, वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, बुद्धि तामाङ, पुजन घिमिरे (पुकु) लगायत कलाकारको अभिनय छ।

मरिचमान श्रेष्ठको पहिलो फिचर फिल्म निर्देशन रहेकोगोबर गणेशशिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादनमा तयार भएको हो। चलचित्र माघ १ गते (माघे संक्रान्ति) देखि देशभर प्रदर्शनमा आउनेछ, जसको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।