काठमाडौं – नयाँ नेपाली चलचित्र मायाको गाउँ को गीत “सबैले भन्छन् जिन्दगी” सार्वजनिक भएको छ। गीतमा प्रोसेस पाण्डेको स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ। भिडियोमा त्रिविक्रम सिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, बिनयराज पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्।
भर्खरै टिकटकमा लोकप्रिय भएको यस गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको हो। राजु गिरीले कोरियोग्राफी गरेको यस गीतमा प्रेम, धोका र पीडाको भाव समेटिएको छ।
चलचित्र मायाको गाउँ मा त्रिविक्रम सिंह राणा, शीतल केसी, नारायण पराजुली, ओसिन भट्टराई, सरु कार्की, अम्बिका थापा, लक्ष्मीनाथ तिमिल्सिना, रमेश अधिकारी, माधव खनाल, किमजोङ बोस, हरिबहादुर घर्ती मगर, रितिका मगर, कृष्ण गदाल लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको निर्माण कमला पराजुलीले गरेका हुन् भने निर्देशन कमला फिल्म्स टिमले गरेका छन्।
रामेश्वर हुमागाइँले छायांकन गरेका हुन् भने सम्पादन श्याम रानाले गरेका छन्। पब्लिसिटी डिजाइन बिनोद बमले गरेका छन् भने कलर ग्रेडिङ्ग पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले गरेका छन्। मुख्य सहायक निर्देशकको भूमिका सुचेन्द्र परियारले निभाएका छन्।
निर्मात्री पराजुलीका अनुसार चलचित्र ०८३ सालको सुरुवातीमा प्रदर्शनमा आउँने तयारीमा छ।







१२ माघ २०८२, सोमबार १४:१३ 











