काठमाडौं – निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलो पटक एकसाथ देखिन लागेको फिल्म ‘कस्तुरी’को शुभमुहूर्त मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा सम्पन्न भएको छ। शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि औपचारिक रूपमा सुरु गरिएको छ।
निर्देशक ऋत बोहोराका अनुसार फिल्मको अधिकांश छायांकन काठमाडौं र आसपासका क्षेत्रमा हुनेछ। उनले ‘कस्तुरी’ले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरू उजागर गर्ने बताए।

टेन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्ममा निखिल उप्रेती र वर्षा सिवाकोटीसँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय रहने छ। विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन्।
फिल्मको कथा तथा निर्देशन ऋत बोहोराकै रहेको छ। निर्माता धिरज कुमार अग्रवाल र सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। छायांकन आलोक शुक्लाले गर्नेछन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट रहेका छन्। संगीत प्रशान्त शिवाकोटीको रहने यस फिल्मको निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।







२७ माघ २०८२, मंगलवार १२:४७ 











