नायिका प्रियंका कार्कीले आफैले पैसा लगानी गरेर एउटा फिल्म बनाएकी छिन् । त्यो फिल्मको नाम हो, ‘मास्टर्नी’ । यो फिल्मको अहिले सुटिंगपछिको काम मुम्बईमा भइरहेको छ । मास्टर्नी फिल्म भदौको १२ गतेबाट रिलिज हुने भनिएको छ । अर्को कुरा छ केछ भने यो फिल्म ८ वटा भाषामा रिलिज गर्ने तयारी गरिएको प्रियंकाले बताएकी छिन् । नेपाली भाषासँगै हिन्दि, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी र पन्जाबी भाषामा रिलिजको तयारीमा जुटेका छन् । भारतीय निर्देशक सुभेन्दु घोषले यो फिल्म निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्कीको साथमा सरोज खनाल, ऋचा शर्मा, आर्यन सिग्देल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, सिम्रन खड्का लगायत दर्जनौ कलाकारको अभिनय रहेको छ ।
Video Report:





१३ बैशाख २०८३, आईतवार १७:४६ 









