पल शाह र अस्मिता जुरेली फिचर्ड ‘कुरो बुझेसी’ सार्वजनिक, शान थापाको निर्देशन

...

काठमाडौं । गायकसंगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ नेपाली गीतकुरो बुझेसीसार्वजनिक भएको छ। सुन्दर हमालको शब्द रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङ आशिष अविरलले नै गरेका छन्।

लभस्टोरी कथामा आधारित भिडियोमा अभिनेता पल शाह र मोडल अस्मिता जुरेलीको मुख्य अभिनय रहेको छ। दर्शकले उनीहरूको केमेस्ट्री र डान्सलाई रुचाएका छन्।

भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने सञ्जय विश्वकर्माको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलर ग्रेडिङ रहेको छ। गीत पल शाहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।