चलचित्र पत्रकार संघ नेपालले गठन गर्‍यो विभिन्न विभाग

...

काठमाडौं । चलचित्र पत्रकार संघ नेपाल को सचिवालय बैठकले संघका विभिन्न विभाग गठन गर्नुका साथै सल्लाहकार समिति, कल्याणकारी कोष तथा पेशागत सुरक्षा कोष सञ्चालन समिति गठन गर्ने निर्णय गरेको छ। अध्यक्ष समीर बलामी को अध्यक्षतामा २०८३ जेठ २४ गते बसेको बैठकले उक्त निर्णयहरू गरेको हो।

बैठकले प्रचार तथा प्रकाशन विभागको संयोजकमा ध्रुव लम्साल तथा सदस्यमा मिलन ढुङ्गाना र सनम महर्जन लाई जिम्मेवारी दिएको छ। नीति तथा परामर्श विभागको संयोजकमा सन्दीप सापकोटा तथा सदस्यमा रघुनाथ सापकोटा र विष्णु सुवेदी रहेका छन्। आर्थिक विभागको संयोजकमा लक्ष्मण सुवेदी तथा सदस्यमा सुरक्षा भट्टराई र सीपी जैसी चयन भएका छन्।

त्यसैगरी महिला विभागको संयोजकमा गीता अधिकारी तथा सदस्यमा नीशा बजगाईं र सरिता भारती रहेका छन्। प्रशिक्षण विभागको संयोजकमा कृष्ण भट्टराई तथा सदस्यमा कुबेर डंगोल र विष्णु शर्मा नियुक्त भएका छन्। अनुशासन विभागको संयोजकमा कुवेर गिरी तथा सदस्यमा शिल्पा अधिकारी र सुजन श्रेष्ठ रहेका छन्। कार्यक्रम विभागको संयोजकमा विशाल राई तथा सदस्यमा सुष्मा कार्की र मुना दाहाल (आइशा) लाई जिम्मेवारी दिइएको छ।

बैठकले संघका पूर्व अध्यक्षहरूको सहभागितामा सल्लाहकार समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिको संयोजकमा विदुर गिरी तथा सदस्यमा शान्ति प्रिय र सन्दीप सापकोटा रहनेछन्।

त्यसैगरी संघको कल्याणकारी कोष र पेशागत सुरक्षा कोष कल्याणकारी कोषकै खाताबाट सञ्चालन गर्ने निर्णय गर्दै यसको संयोजकमा शान्ति प्रिय लाई चयन गरिएको छ। समितिका सदस्यमा विदुर गिरी, सन्दीप सापकोटा, समीर बलामी र गोपीकृष्ण चापागाईं रहनेछन्।

बैठकले विभिन्न विभागको समन्वयका लागि संघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई समेत जिम्मेवारी तोकेको छ। प्रचार तथा प्रकाशन विभागमा महासचिव गोपीकृष्ण चापागाईं, नीति तथा परामर्श विभागमा उपाध्यक्ष रघुनाथ सापकोटा, आर्थिक विभागमा कोषाध्यक्ष अन्जान दाहाल, महिला विभागमा उपाध्यक्ष दिपज्योती थापा, प्रशिक्षण विभागमा सचिव मदन रिजाल, अनुशासन विभागमा सहकोषाध्यक्ष अर्जुन गुरागाईं तथा कार्यक्रम विभागमा उपाध्यक्ष लेखबहादुर आचार्य (कुमार)लाई जिम्मेवारी दिइएको छ।

यस्तै, संघकोस्पीकर कर्नरअन्तर्गत मिडिया संयोजनका लागि उपाध्यक्ष लेखबहादुर आचार्य (कुमार), महासचिव गोपीकृष्ण चापागाईं, सचिव मदन रिजाल, कोषाध्यक्ष अन्जान दाहाल तथा सहकोषाध्यक्ष अर्जुन गुरागाईं लाई जिम्मेवारी दिने निर्णय गरिएको महासचिव गोपीकृष्ण चापागाईंद्वारा जारी परिपत्रमा उल्लेख छ।