‘बेहुली’को ‘दिलमा ठाउँ छ’ टिकटकमा भाइरल, ४८ घण्टामै ५० हजारभन्दा बढी भिडियो

...

काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउन लागेको चलचित्रबेहुलीको पहिलो गीतदिलमा ठाउँ छले सार्वजनिक भएको ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो बनेर उल्लेखनीय सफलता हासिल गरेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतले ६ लाखभन्दा बढी भ्युज पनि पार गरिसकेको छ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ। भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको नृत्य रहेको छ भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।

सशान कँडेल निर्देशित तथा माधव शर्मा लिखितबेहुलीमा पारस, दिव्या, सुशान्त र पदमसहित सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायत कलाकारको अभिनय रहेको छ। निर्माण पक्षले गीतको लोकप्रियताले चलचित्रप्रति दर्शकमाझ उत्साह थप बढाएको जनाएको छ।

/p>