‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक, एसडी योगी–अञ्जु पन्तको स्वरमा प्रेमिल प्रस्तुति

...

काठमाडौं । सुपरहिट चलचित्रखुस्माका निर्देशक अशोक थापा मगरको नयाँ चलचित्रजलाकीको पहिलो गीतचाँदी जलपसार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्। भिडियोमा कलाकारहरूको प्रस्तुति र दृश्य संयोजन आकर्षक देखिएको छ।

गीतमा एसडी योगी र अञ्जु पन्तको स्वर रहेको छ। सुरेन्द्र रानाको शब्द, एसडी योगीको संगीत तथा रिकेश गुरुङको संगीत निर्माण रहेको गीतको भिडियो सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन्। सहकोरियोग्राफरमा शेखर घर्ती मगर र सुशन तामाङ रहेका छन्।

अशोक थापा मगरको निर्देशनमा बनेकोजलाकीउनको दोस्रो फिचर चलचित्र हो। यसअघि उनले निर्देशन गरेकोखुस्माव्यावसायिक रूपमा सफल भएको थियो। विशेषगरीखुस्माको गीतरुकुम मैकोटटिकटक, फेसबुक रिल्स र युट्युबमा निकै लोकप्रिय बनेको थियो।

निर्माण टिमले यसअघि चलचित्रको प्रदर्शन मिति र दुई पोस्टर सार्वजनिक गरिसकेको छ। रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले तयार पारेका पोस्टरले पनि दर्शकमाझ राम्रो चर्चा बटुलेका थिए।

आगामी मंसिर ४ गते प्रदर्शनमा आउने चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ। बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्।

यस चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गरेकी छन्।

चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्। शैलेन्द्र डी. कार्कीको छायाङ्कन रहेको चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन्।