काठमाडौं । सौन्दर्य प्रतियोगीता दिपल प्रिजेन्टर्स मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं अडिसन सम्पन्न भएको छ । बिहीबार काठमाडौंको सोल्टी होटलमा भएको अडिसनबाट २५ जना छानिएका हुन् । आयोजकका अनुसार अडिसनमा जम्मा १०६ जनाको सहभागीता थियो, जसमा गैर आवासिय नेपालीहरुको पनि उपस्थिती थियो ।

सहभागीहरुको आत्मविश्वास, प्रतिभा र ब्यक्तित्वको मुल्यांकन पछि उत्कृष्ट २५ जनालाई छनोट गरिएको मिस युनिभर्स नेपाल २०२६ कि राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन् । उनका अनुसार छानिएका २५ प्रतियोगीतले ग्राण्ड फिनालेका लागी बिशेष तालिम, मेन्टरसिप र ब्यक्तित्व विकाशका लागी बिभिन्न तालिमहरुमा भाग लिनेछन् ।
यसअघि इटहरीमा अडिसन सम्पन्न भइसकेको छ । इटहरीमा ३० जनाबाट ५ जना छनोट भइसकेका छन् । फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै हुनेछ ।
यसवर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ। त्यसैगरी नेपालकै अग्रणी प्रविधि ब्रान्ड एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण निर्माण गर्न सबै साझेदार संस्था प्रतिबद्ध रहेको बताइएको छ ।






२२ श्रावण २०८३, शुक्रबार १९:१३ 









