‘डोको’ले दर्शकसामु चिनायोः देशभक्त

गोपिकृष्ण चापागाई  । बैशाख, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा तिन दशक बढी बिताइसकेका कलाकार हुन् देशभक्त खनाल । नेपाली चलचित्र जगतमा देशभक्तको नाम अहिलेपनि उत्तिकै चलेको छ । पछिल्लो समयका चल्तिका चलचित्रहरुमा पनि उनको अभिनय देखिन्छ । अभिनयलाई नै जीवन मानेर बर्षौ देखी लागिपरिरहेका देशभक्त बि.स. २०१२ चैत ६ गते बिराटनगरमा जन्मिएका हुन् । सानैदेखी अभिनय कलामा रुचि राख्ने उनी अभिनयगर्न भनेपछि धेरै नै मनपर्ने बताउँछन् । यसैबिच अहिलेसम्म ४० भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेका कलाकार देशभक्त खनालले बुधबारको हिमालय टाईम्ससँग गरेको अन्तरंग कुराकानीः

आठबर्षको उमेरबाट अभिनय

मलाई सानैदेखी अभिनय कलामा रुचि थियो । बिंस. २०२० सालमा जनता हाईस्कुलमा पढ्थेँ, त्यतिखेर म ८ बर्षको थिएँ । स्कुलको बार्षिक उत्सव कार्यक्रम थियो त्यतिखेर मलाई द्रोया सुवेदी रराजानन्द कार्की जो गाउँको एकजना राजनितिक कार्यकर्ता र एकजना कलाकार नै हुनुहुन्थ्यो । उहाँहरुले नै बालकलाकारको रुपमा स्टेजमा अभिनयमा प्रवेश गराउनुभएको हो  र पछि  बि.स. २०२९ सालमा युवाअवस्थामा आईसकेपछि भानुमोरङ सांस्कृतिक समतिको रंगमन्चमा असार २९ गते पहिलो अभिनय गरेँ ।

२०४४ सालमा पहिलो चलचित्र

मैले सानैदेखी साना तिना कार्यक्रमहरुमा अभिनय कलामा भाग लिने गर्थें । तर ठुलोपर्दाको फिल्मको कुरागर्दा बि.स. २०४४ साल असार १६ गतेबाट छायांकन सुरु भएको ‘हारजीत’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेको थिएँ । यो चलचित्रको पहिलो दिनको छायांकनमा पहिलो सिनको पहिलो पात्रको पहिलो सम्वाद बोल्ने नै मैं थिएँ । त्यतिखेर सुन्दरीजलको एक म्युजीयमको छेउमै रहेको पुरानो घरमा छायांकन भएको थियो ।

बिदेश जाने बाटो बनाउँछन्

मेरो बुझाईमा अभिनय कला भनेको कसैको रहर त कसैको जीवन बन्दो रहेछ । कतिपयले बिदेश जाने उद्देश्यले कलाकार बनेको देखेको छु । केहि समय पैसा नै हालेर भएपनि चलचित्रमा अभिनय गर्ने केहि समय नाम कमाउने अनि बिदेशमा गएर बस्ने पनि धेरै देखेँ ।

‘डोको’ ले चिनायो

मेसनाथ अर्यालले निर्देशन गर्नुभएको टेलिसिरियल ‘पिजडा’ मा अभिनय गर्ने मौका पाएको थिए । त्यहि सिरियलबाट दर्शकले मलाई अलि बढी चिन्न थाल्नुभएको हो । त्यो सिरियलमा अंकल भन्ने जासुस पात्रको भुमिकामा थिएँ । त्यसमा प्रयोग भएका सम्वादहरु दर्शकहरुले धेरैले याद गर्नुहुन्थ्यो । त्यस्तै पछि मेसनाथले नै निर्देशन गर्नुभएको ‘यातना’ चलचित्रमा नोकरको भुमिका निभाएको थिएँ । त्यसमा पनि मैले बोलेका सम्वादहरु धेरैले बोलेको सुनेको छु । अहिले पनि अरबमा काम गर्न जाने नेपालीहरुले फेसबुक तिर लेखेको देख्छु ।

र अझ बढी दर्शकले चिन्नुभएको भनेको लोककथा रहेको ‘डोको’ फिल्मबाट हो । त्यसमा मैले हजुरबुबाको भुमिका निभाएको थिए । नातिले ‘डोकोमा बोकेर हजुरबुबालाई भिरबाट फालेपछि डोको फिर्ता ल्याउनुहै बाबा, भोली पर्सि हजुरलाई पनि फाल्नुपर्छ’ भन्ने डाईलग धेरैको दिमागमा पस्न सफल भएको थियो । अहिले पनि कतिपय गाउँघरमा पुग्दा यहि कुरा धेरैले सम्झिनुहुँदो रहेछ ।