मौलिक गीतहरु संचारमाध्यमबाट अपहेलित छन – लोक गायक खड्ग गर्बुजा

बैशाख,काठमाडौं।

नेपाली मौलिक लोकगीतको क्षेत्रमा १००० भन्दा बढी लोकगीतहरु दिएर सांगीतिक क्षेत्रलाई छुट्टै पहिचान बनाउन सफल बरिष्ठ लोकगायक हुन् खडग गर्बुजा । शारीरिक रुपमा अलिकति अशक्त भएपनि उनले मौलिक गायनको माध्यमबाट नेपाली संगीतलाई देश विदेशमा चिनाउनमा धेरै योगदान दिएका छन्।
विशेषगरी मौलिक लोकगीतहरु गाउने खड्गले यही बैशाख १६ गते एक लोक गायन कार्यक्रम गर्दैछन्।म्याग्दी कलाकार संघ काठमाडौको आयोजनामा हुने खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रममा खड्गले आफ्ना २१ चर्चित लोकगीतहरु सुनाउनेछन् ।गत शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यही बैशाख १६ गते प्रज्ञा भवन कमलादीमा खड्ग गर्बुजा एकल लोक गायन कार्यक्रम हुने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा आफनो कार्यक्रमका बारेमा बताउँदै खड्गले मौलिक गीतहरुलाई संचारमाध्यमहरु बाट अलि टाढा भएको बताएका छन्। उनले अहिलेको संचारमाध्यमहरुमा नेपाली मौलिकता बोकेका गीत संगीतहरु अन्य गीतहरु भन्दा केही पछाडी परेको बताएका छन्। आर्टिष्ट खवर संगको कुराकानीमा उनी यस्तो भन्छन्ः

सांगीतिक क्षेत्रमा कहिले बाट लाग्नुभयो?

म मगरको छोरो भएकाले सानैदेखि रोधीघर जाने, गीत गाउने, बाजा बजाउने गर्थें। तर औपचारिक रुपमा भने २०४७ सालमा रेडियो नेपालबाट लोकगीत तर्फको स्वर परिक्षा पास गरेपछि सांगीतिक क्षेत्रमा लागेको हुँ।

विदेशी कार्यक्रममा जाँदा नेपाली गीतहरुले कतिको माया पाउँछन?

विदेशमा बस्नुहुने नेपालीहरुले नेपाली लोकगीतहरुलाई अलि धेरै माया गर्नुहुन्छ। नजिकको पृष्ठभुमि जति अध्यारो हुन्छ टाढाको बत्ति त्यतिकै चम्किलो देखिन्छ। यसर्थपनि उनीहरुलाई आफ्नो देशको मौलिक कला संगीत संकृति प्रति चासो हुनु स्वभाविक हो।

तपाइको विचारमा नेपाली लोकगीतलाई संचारमाध्यमले हेला गरेका हुन्?

समग्र लोकगीत संगीत भन्न खोजेको होइन,मौलिक लोकगीत संगीत संचार माध्यमबाट अपहेलित भएका छन्। अहिले संचारमाध्यममा परिमार्जित गितहरु बढी प्राथमिकता दिन थालेको छन्। लोक गीतका धारबाट फरक भएका तर आधुनीक गीतको धारमा नपुगेके गीतहरुलाई मान्यता दिइएको छ।तसर्थ संचारमाध्यमले मौलिक लोक गीतहरुलाई पनि माया गर्नु जरुरी छ।

तपाइको एकल गायनको के उद्धेश्य राख्नु भएको छ?

ठोस रुपमा त उद्धेश्य केही पनि छैन। देखावटी रुपमा भन्नुपर्दा कार्यक्रमबाट उठेको  रकम  म्याग्दी कलाकार संघ कलाकार कल्याणकारी कोष मा राख्ने र यसबाट कलाकार हरुको सहयोग गर्ने  राखिएको छ। तर अदृश्य रुपमा भने मौलिकताको खडेरी लागेको लोकसंगीतको बजारमा संचारमाध्यमहरुमा केही सन्देश पुर्याउन सकियोस भन्ने उद्धेश्य राखेको छु।

एकल गायनमा कस्तो गीत रहनेछ?

अहिलेसम्म मैले ९०० देखि १००० सम्म गीत गाइसकेको छु तर एकल गायनमा भने २१ गीत तयार पारेको छु। तर यो पटक भने अन्य स्टेज कार्यक्रम भन्दा नितान्त फरक हुनेछ। दर्शकहरुलाई मन अघाएर फर्काउने तथा पुर्णरुपमा मनोरञ्जन दिएर पठाउने मेरो प्रयास रहनेछ।