भुकम्प पछिका धुर्मुस-सुन्तली

गोपिकृष्ण चापागाई ।बैशाख,काठमाडौं।

बि.स. २०७२ साल बैशाख १२ गतको महाभुकम्पका दिन हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बिबिध नेपाली कार्यक्रमका लागी अमेरीका थिए । अमेरीकामा रहेका नेपालीहरुलाई हँसाउन गएका धुर्मुस सुन्तली ०७२ को बैशाख १२ गते नेपालमा ठुलो बिनाशकारी भुकम्प गएको छ भन्ने थाहा पाएपछि अमेरीकामा हँसाई बस्न सकेनन् । १२ गतेपछिका सबै कार्यक्रम स्थगित गरी धुर्मस—सुन्तली तुरुन्त नेपाल फर्किए ।

अस्थाथी टहरा सँगै पहरी बस्ती निर्माणमा

नेपाल सरकारले सरसफाइ दूत बनाइसकेपछि विभिन्न जिल्लामा सरसफाइ अभियान सञ्चालन गराइरहेका धुर्मुस सुन्तलीले महाभूकम्प गइसकेपछि पनि  बिभिन्न जिल्लामा गएर सोहि कामलाई निरन्तरता दिए । अस्थाथी टहरा भन्दा एकिकृत बस्ती नै बिकास गरौं भनेर एकिकृत बस्तीमा जोड दिएको धुर्मुस बताउँछन् । ‘हामीले महाभुकम्प पछि काभ्रे जिल्ला लगायत अन्य जिल्लामा पुगेर आफैं खटेर काम गर्ने भनेर अगाडी बड्यौं र अस्थायी टहराभन्दा एकीकृत बस्ती नै विकास गरौं भन्ने लाग्यो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख मोहनलाल जैसी सर मार्फत् काभ्रेको पहरी बस्ती पुग्यौं । पहरी बस्तीमा पुगिसकेपछि त्यहाँको अवस्था भुकम्पले घरहरु क्षतविक्षत भएको र एकिकृत बस्ती विकास गर्नको लागि भौगोलिक जग्गा बनावट हुन्छ त्यो एकदमै महत्वपूर्ण हुन्छ  भन्ने लागेर एकिकृत बस्ती निर्माण गर्न तर्फ लागेका हौं ।’, धुर्मुसले भने ।

त्यस्तै त्यो ठाउँभन्दा त्यहि जिल्लाका अन्य ठाउँपनि त थिए होलान् नि जहाँ एकिकृत बस्ती बनाउन सकिन्थ्यो भन्ने हाम्रो प्रश्नमा धुर्मुसले त्यहि बस्ती बनाउनुको कारण पहरीहरु आफैंमा पनि पिछडिएको समाज भएकोले त्यही ठाउँमा काम गरेको बताए । ‘हामी नेपालमा रहेका पिडितहरुको लागि काम गर्ने भनेर अगाडि बढेकोले सबै चिजबाट पहरी बस्ती उपयुक्त ठान्यौं र त्यहाँ एकिकृत बस्ती बसाल्न सफल भयौं ।’, धुर्मुसले भने ।

साथै उनले पुर्णतया स्थायी रुपमा निर्माण नभएको र तत्कालको आवश्यकता पुरा गरेका बताए । हामीले बनाएको पहरी बस्ती भुकम्प प्रतिरोधी नै हो र पूर्णतयाः स्थायी रुपमा निर्माण भएको पनि होइन, किनभने तत्कालको आवश्यकता जे थियो त्यही परिपूर्ति गर्ने हिसाबमा संस्थागत नभई व्यक्तिगत रुपमा हामी सबैसँग सहयोग लिएर बनाएका बस्ती हौं ।, धुर्मुसले कुरागर्दै भने ।

“नेपालमा आएको ०७२ सालको बिनाशकारी भुकम्प पछि एकिकृत नमुना बस्ती निर्माणमा जुटेका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली ) पछिल्लो समय कलाकारीता भन्दा समाजसेवामा बढी सक्रिय छन् । भुकम्प पछि धुर्मुस सुन्तलीलाई कलाकार भन्दा बढी समाजसेवी भनेर चिन्न थालिसकेका छन् ।”

ग्रिन सिटी र क्लिन सिटी अन्तर्गत गिरान्चौर बस्ती

काभ्रेका पहरीबस्तीका भुकम्प पिडितहरुका लागी बिस घर निर्माण गरिसकेपछि धुर्मुस सुन्तलीले एकिकृत निर्माणमा धेरै ज्ञान लिएर आए । उनीहरुले जुन तरिकाको बस्ती पहरीबस्तीमा बनाउने सोचेका थिए त्यो बिभिन्न कारणले त्यो बेला अझै पुरा नभएको भान भएको धुर्मुसले बताए । ‘हाम्रो सपना जुन थियो एकिकृत विकासभित्र यि—यि मापदण्ड पूरा गर्छौं र यस्ता—यस्ता सेवा सुविधा पु¥याउन सक्छौं भन्ने खालको हामीले सिटी बनाउँछौं, त्यो भनेको ग्रिन सिटी र क्लिन सिटी अवधारणा अन्तर्गत बस्ती निर्माण गर्छाैं भन्ने जुन सोच थियो हाम्रो । त्यो सोच अन्तर्गतको विभिन्न आर्थिक लगायतका कारणले स्रोत साधन जुटाउन नसकेको कारणले पहरी बस्ती जति सोचको सपना थियो त्यो पूरा गर्न सकेनौं कि भन्ने बस्ती बनिसकेपछि लागेको थियो । अब हामी अझै फराकिलो बनेर काम गर्नुपर्छ भन्ने लाग्यो र धुर्मुस सुन्तली फाउण्डेशन दर्ता गरेरै अगाडि बढ्यौ ।, धुर्मुसले पहरी बस्ती निर्माण पछिको कुरा याद दिलाउँदै भने । धुर्मुस सुन्तलीले फाउण्डेसन दर्ता गरेपछि गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणमा जुटेका हुन् ।

उनका अनुसार गिरान्चौरमा सरकारले तोकेका सबै मापदण्डहरु पूरा भएको छ । समाज एकिकरण सबैभन्दा महत्वपूर्ण विषय भएकोले यसकुरामा पनि गिरान्चौर बासी अन्यन्तै सकारात्मक सोचका भएको बताए । पहरी बस्तीमा बस्ती निर्माणको क्रममा त्यहिँका मानिसहरुबाट जसरी योजना भत्काउने खेल भएको थियो त्यो भन्दा गिरान्चौरमा निकै फरक माहोल पाएको धुर्मुसले बताए ।

त्यस्तै धुर्मुसले भर्खरमात्र महोत्तरी जिल्लाको बर्दिबासमा रहेको मुसहर बस्तीका ५३ परिवारलाई एकिकृत नमुना बस्ती बनाइदिएका छन् । लगातार ९८ दिन खटिएर निर्माण गरीएको यो बस्ती भने भुकम्प पिडितलाई नभएर एक पिछडिएको बर्गका लागी निर्माण भएको धुर्मुसले बताए । त्यहाँ निर्माण भएका घरहरु  भने भुकम्प प्रतिरोधात्मक नै भएको बताए ।

यो समाचार हिमालयन टाईम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ।