आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

‘गएको शनिबारको दिन हो, म ठमेलको मर्करी लाउन्जमा ‘नाँचिदेऊ नाँचिदेऊ’ बोलको सुटिङमा ब्यस्त थिएँ । त्यसैबेला एक नम्बरबाट कल आयो, त्यो नम्बरबाट पहिलेपनि एक/दुई पटक कल आईसकेको थियो । नचिनेको नम्बरबाट नचिनेको मान्छेले कल किन गर्नुहुन्छ भनेर पहिला पनि मैले जवाफ फर्काएकी थिएँ तर शनिबार एक्कासी तँलाई सुटिङस्थलमै बलात्कार गर्न नपरोस् फेरी भोली तेरो नाममा बलात्कार भएको समाचार आउला होस् गर भनेर फोन राख्यो ।’

यो, मोडल निरुता क्षेत्रीले आर्टिस्ट खबरसँग गरेको सम्बाद हो । आफुलाई सुटिङस्थल मै बलात्कार गर्ने धम्की आएको निरुता बताउँछिन् । एक नम्बरबाट बारम्बार कल आईरहने बताउने निरुताले शनिबार सोहि नम्बरबाटै यस्तो धम्की आएको बताएकी हुन् । ‘मैले त्यो मान्छे कोहो चिन्दिन तर बारम्बार कल हरेर हैरान बनाउँछ, मैले पुलिस प्रशासनमा गएर उजुरी दिनुपर्ला भनेर धेरै भने तर लगातार कल गरिरहन्छ, अब चाँही फेरी पनि यसरी नै हैरान बनायो भने प्रशासन समक्ष जाने निर्णय गरेकी छु ।’, निरुताले भनिन् ।

मोडल निरुताले आफुलाई गायनक्षेत्रमा पनि स्थापित गराईसकेकी छिन् । उनले केहि तिज गीतसँगै आईटम गीत पनि बजारमा ल्याएकी छिन् । शनिबार सत्यराज चौलागाईको निर्देशनमा सुटिङ भईरहेको ‘नाँचिदेऊ नाँचिदेऊ’ आईटम गीतमा पनि निरुताले आईटम डान्स गरेकी छिन् । गीतमा सुरेन बस्यालले कोरियोग्राफी गरेका छन् भने संकल्प भुजेलले खिचेका छन् । त्यस्तै भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गर्नेछन् ।

तस्बिरः निरज पन्थि/ आर्टिस्ट खबर

१४ जेष्ठ २०७४, आईतवार ०८:३३