साउन, काठमाडौं ।

गएको चारदिन देखी लगातार परेको बर्षाका कारण देशैभरीका बिभिन्न गाउँ यतिखेर डुबानमा परेका छन् । यसैबिच बिभिन्न संघ, संस्था तथा कलाकारहरुले आ आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन् ।

नायिका स्वेता खड्काले पनि बाढि पिडितका लागी १ लाख सहयोगको घोषणा गरेकी छिन् । श्रीकृष्ण जन्मअष्टमीको अवसरमा आफ्नो लगानी र अभिनयमा निर्माण हुन लागेको चलचित्र ुकान्छीुको घोषणा कार्यक्रममा उनले बाढी पीडितका लागि १ लाख ५ हजार सहयोग गर्ने घोषणा गरेकी हुन् । यो रकम चलचित्र निर्माता संघले स्थापना गर्ने लागेको बाढी पीडित कोषमा जम्मा हुनेछ ।

यो भन्दा अघि बाढि पिडितका लागी महजोडीले १ लाख, दिपकराज गिरीले १ लाख, नायिका पुजा शर्माले १ लाख, दिपा श्री निरौलाले ५१ हजार, प्रियंका कार्कीले ५१ हजार, भद्रगोलका चार कलाकारहरुले ५१ हजार, कलाकार संघले ५१ हजार, मनोज गजुरेलले २० हजार, निर्मल शर्माले १० हजार, को घोषणा गरिसकेका छन् भने हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्) खाद्यान्न बोकेर महोत्तरी, सुनसरी लगायतका ठाउँहरुमा सहयोगका लागी पुगिसकेका छन् ।

गृह मन्त्रालयका अनुसार सुनसरी, झापा, सिन्धुली, मोरङ, बाँके, पाँचथर, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । अहिले सम्म बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ६० भन्दा बढी पुगिसकेको छ ।