भदौ, काठमाडौं।

नेपाली सिनेजगतमा आफ्नो अभिनयको पाटो बाट दर्शकहरुमा प्रिय तथा चर्चित बनिसकेकी अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशनको पाटोमा अघि बढेकी छिन्। उनको निर्देशनमा बनेको चलचित्र' ए मेरो हजुर २' यतिवेला दर्शकमाझ निकैनै प्रतिक्षित बनेको छ। चलचित्रको ट्रेलरका साथै 'कसम हो' ,'किनिदेउन साइला दाई' तथा हालै रिलिज भएको 'उकालीमा जाँदा जाँदै' बोलको गीतले पनि दर्शकहरुमा चलचित्रको विषयमा कौतुहलता थपेको छ।

दर्शकहरुको साथ र मायाका कारण आफुले निर्देशनको यात्रालाई सुरुवात गरेको बताउँदै झरनाले आफ्नो चलचित्रमा प्रेम,रोमान्स ,कमेडी,एक्सन सबैको सम्मिश्रण रहेको बताएकी छिन्। निर्देशक भएपछि धेरै कुराको जिम्मेवारी रहने बताउँदै कलाकार भन्दा धेरै माथि रहेको बताइन्। आफुलाई एउटा स्टारको रुपमा चिनाएको चलचित्र 'ए मेरो हजुर' भएकाले नै यसबाट नै निर्देशनको सुरुवात गर्न चाहेको बताईन्। चलचित्रले दर्शकहरुको मन जित्ने बताउँदै उनले आफ्नो चलचित्रले युवा पुस्ताको कथा बोल्ने बताएकी छिन्। झरना र स्व.श्रीकृष्ण श्रेष्ठ अभिनित ‘ए मेरो हजुर’ को सिक्वेलको रुपमा बनेको यस चलचित्रमा सुनीलकुमार थापाको निर्माण,हरिहर अधिकारीको कथा तथा सामीप्यराज तिमल्सेनाको पटकथा रहेको छ।

अभिनयको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल झरनालाई निर्देशनको यात्राले भने कत्तिको सफलता देला यो हेर्न भने चलचित्रको प्रर्दशन हुने दिन भदौ १६लाई कुर्न पर्ने हुन्छ्। पछिल्लो समय झरना जस्तै अन्य नायिका हरुले पनि अभिनयका साथै निर्देशनको पाटो सम्हाल्दै आएका छन्। र यि मध्ये केहीले निर्देशन बाट पनि निकैनै राम्रो प्रतिकृया पाएका छन् भने केहीले आफ्नो पहिलो निर्देशन बाटै निराश हुनु परेको थियो। अब भने झरनाको यो डेब्यु निर्देशन ले दर्शकको मन कत्तिको जित्ला भन्ने चासोको विषय बनेको छ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तथा नवनायक सलिनमान बाँनियाको केमेष्ट्री रहेको चलचित्रमा साम्राज्ञी र सलिनको साथै सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

आर्टिष्ट खवरसंगको झरनाको कुराकानी यस्तो रहेको छ, हेर्नुहोस भिडियो