<pre><b>भदौ, काठमाडौं। </b></pre><p></p><p style="text-align: justify;">चर्चित नायिका नम्रता श्रेष्ठ लाई अब दर्शकले चलचित्रको पर्दाका देख्न नपाउने भएका छन्। उनी अब चलचित्रक्षेत्रबाट ब्रेक लिएर नाटक तिर लागेकी छिन्। मंगलबार आफुले गर्ने नाटक ’गोल्डेन ब्वाई’ को प्रेसमिटमा नम्रताले आफुले चलचित्र बाट ब्रेक लिएर नाटकलाई फोकस गर्न लागेको बताएकी छिन्। चलचित्र 'पर्व' पछि उनले कुनै चलचित्रमा अभिनय गरेकी छैनन्। </p><p style="text-align: justify; ">उनी अहिले सन् १९३५ को चर्चित अमेरिकी नाटक गोल्डेन ब्वाईको नेपाली संस्करणमा नम्रताले शिर्ष भूमिकामा अभिनय गर्न लागेकी छिन्। १ सेप्टेम्बर देखि १० सेप्टेम्बरसम्म त्रिपुरेश्वरको यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको कर्मा बार एन्ड लाउन्ज’ मा मञ्चन हुने नाटकमा नम्रता श्रेष्ठको अपोजिटमा अमृत दाहाल देखिँदैछन् । २०७१ मा नम्रताले नेपाली मञ्चमा ’टेलिङ अ टेल’, ’इन द रेड एन्ड ब्राउन वाटर’ जस्ता नाटकको निर्देशन गरिसकेकी छिन् ।नाटक गर्न पाउँदा आफुलाई निकै खुशी लाग्ने बताउँदै उनले वर्षमा एउटा नाटक गर्ने सोच बनाएको बताएकी छिन्। </p><p></p>