ढाडेबिरालोका शब्द लेखक बिनोद ढकाल के भन्छन् ? (भिडियो सहित)

...

binod dhakalसाउन, काठमाडौं । यतिखेर बिवादमा र चर्चामा रहेको तिज गित ढाडे बिरालोको बिभिन्न टिकाटिप्पणी चलिरहेको छ । गायिका तथा मोडल ज्योति मगरलाई भल्गर तरिकाबाट भिडियोमा प्रस्तुत गरीएको भन्दै तिजको मौलिकतानै नभएको गित बनाएको भन्ने टिप्पणी आएको छ । त्यसो त यो भन्दा अघि ज्योतिले नृत्य गरेको गित नआएका भने होइनन् तर तिजको गितमै ज्योतिलाई यसरी प्रस्तुत गर्दा भोलीका दिनमा गित कस्ता बन्ने भन्ने प्रश्न आम नेपालीको रहेको छ ।

यसैबिच आर्टिस्ट खबरले पछिल्लोसमय चर्चामा र बिवादमा रहेको तिज गित ढाडेबिरालोका शब्द लेखक बिनोद ढकालसँग केहि कुरा गरेको छ ।
१. तपाईले लेखेको तिज गित ढाडे बिरालो त निकै विवादमा आयो नि ?binod dhakal
मैले लेखेको तिज गित मध्ये अहिले ढाडे बिरालो बिवादमा छ तर शब्दमा भन्दा नि बढि भिडियोमा विवाद भएको हो जस्तो लाग्छ ।

२. तपाईले लेख्नुभएका शब्द पनि त दोहोरो अर्थ लाग्नेछन् नि ।
हैन अब कुनै कुनै टुक्कामा दोहोरो अर्थ लाग्ने पनि होलान् तर दर्शक तथा स्रोताले त्यसलाई कसरी सुन्ने भन्ने कुरा हुन्छ । फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार, हैन र ?

३. गितको बिच बिचमा समावेश गरीएका डाईलगहरु पनि तपाईले नै रचना गर्नुभएको हो ?
होइन, मैले गितका शब्द मात्र हो । डाईलग भर्ने काम भिडियो तिरको जिम्मा हो ।

४. तपाईले निकालेका प्राय गितहरु कमेडी सहित सुन्न अलिक लाज लाग्ने हुन्छन् नि किन ?
अब पछिल्लो समय दर्शक तथा स्रोतको माग अनुरुप र बजारमा दर्शक तथा स्रोताले कस्तो मन पराउनु हुन्छ त्यो खालको सिर्जना गर्ने हो । मलाई त अहिलेको ढाडे बिरालोमा समावेश गरीएका शब्दहरु त्यस्तो लाजै लाग्ने जस्तो त लाग्दैन ।

शब्द लेखक बिनोद ढकालसँग आर्टिस्ट खबरले तिज गित ढाडे बिरालो रिलिज पुर्व लिईएको अन्तवार्ता ।