एकल साँझमा गुञ्जिइन् चन्दा देवान

भदौ, काठमाडौं।

गायिका चन्दा देवानले एकल साँझमा आफ्नो गीतहरु प्रस्तुत गरेकी छिन् । शनिबार राजधानीको प्रज्ञाभवनमा आफ्ना ११ गीत प्रस्तुत गरेकी थिइन् । साथै दशबर्षको अन्तरालमा उनको नयाँ गीतीएल्बम ‘बाचा’ को पनि बिमोचन गरियो । सोहि एल्बममा समावेश दुई गीत ‘छानो हाल्ने सपना’ र ‘अलि अलि’ को भिडियो पनि देखाइएको थियो । एल्बम प्रकाश गुरुङ, रत्नशमशेर थापा, दिनेश अधिकारी तथा सुनिल गुरुङको हातबाट बिमोचन गरिएको थियो ।

चन्दाले एकल साँझमा देशभक्ती गीतबाट शुरु गरेकी थिइन् । प्रकाश गुरुङको संगीत र दिनेश अधिकारीको शब्दमा रहेको राष्ट्रिय गीत ‘चारैतिर गुञ्जिरहोस्’ गाएकी थिइन् । त्यस्तै उनले ‘तिमी शिखर चढेदै जाऊ’, ‘खिर मिठो कागुनीको’, ‘फकिएर जाऊ’ लगाएतका गीत गाएकी थिइन् । साथै उनले आफुलाई मनपर्ने गायिका भन्दै अरुणा लामाका ‘भेट्नु छुट्नु’ बोलको गीत पनि सुनाएकी थिइन् । चन्दाको ‘चुरी बज्यो छम्छम’ र ‘डम्फुको सेला’ बोलको गीतमा नृत्य समेत देखाइएको थियो ।

बिगत २८ बर्षदेखी गीतसंगीतको क्षेत्रमै सक्रिए रहेकी चन्दाको यो पहिलो एकल साँझ हो । उनले बि.स. २०६४ सालसम्म निरन्तर गीतसंगीतमा सक्रिए थिइन् भने त्यसपछि अहिले ०७४ सालमा दशबर्षको अन्तरालमा ‘बाचा’ एल्बम सार्वजनिक गरेकी हुन् । अब पुनः गीतसंगीतमा निरन्तर लाग्ने उनको भनाई छ ।