‘आरोपका लागि कंगना जेल जानुपर्छ’ -आदित्य

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउड एक्ट्रेस कंगना रनावतले टिभी शोलाई दिएको एक अन्तरवार्ताका कारण यतिवेला लगातार चर्चामा आइरहेकी छिन्। हालै उनले आफ्नो वयानमा &nbsp;ऋतिक र आफ्नो सम्बन्धको बारेमा सनसनी पुर्ण खुलासा गरेकी थिईन् जसबाट सबैजना चकित परेका थिए। कंगनाले आफ्नो अन्तरवार्तामा बलीउडका कैयौं व्यक्तिहरुलाई निशाना बनाएकी छिन्। र उनीहरुविचको गोप्य कुरा खुलाएकी छिन्। यतिमात्र नभई उनले आफ्नो पुर्वप्रेमी आदित्य पंचोली लाई पनि छोडिनन्। उनले आदित्यले आफुलाई प्राय सताइरहने बताएकी थिईन्। जसका कारण यो विवाद सोशल मिडियामा चर्चामा आएको छ।</p><p style="text-align: justify; ">कंगनाको यस्तो वयानमा हालै आदित्यले आफ्नो राय दिएका छन्। उनले भनेका छन्- &nbsp;कंगनाले आफ्नो बारेमा भनेका जति कुरा छन् ति कुरा प्रमाणित गर्न नसकेमा उनलाई जेल जानु पर्नेछ्। &nbsp;यस अघि पनि आदित्यले कंगनाको आरोपको विरोध गर्दै कंगनालाई पागल बताएका थिए। अब भने उनले कंगना को आरोप विरुद्ध कानुनी केस दर्ज गराउने जनाएका छन्। एजेन्सी</p>