दोर्जे डोल्मा लाई ‘मिसेस ग्लोबल नेपाल २०१७ ’को उपाधि

...

<pre><b>असोज, काठमाडौं।</b></pre><p>यस वर्षको ‘मिसेस ग्लोबल नेपाल’को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङले हात पारेकी छिन्। &nbsp;जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अन्य १८ &nbsp;जना प्रतिस्पर्धीलाई पछि पार्दै &nbsp;गुरुङले &nbsp;उपाधी जितेकी छिन्। कार्यक्रममा उनले उपाधी सहित् बिभिन्न पुरस्कारहरु पनि प्राप्त गरेकी छिन्। &nbsp;त्यस्तै प्रतियोगितामा सोनिया शर्मा अधिकारी &nbsp;फस्ट रनरअप, रिना लामा सेकेन्ड रनरअप तथा &nbsp;सोनिया लामिछाने थर्ड रनरअप घोषित भएका छन्।&nbsp;</p><p>एमजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा अन्य विधा तर्फ बेस्ट ड्रेस्समा रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयरमा पुष्पा राई, बेस्ट कम्प्लेक्सनमा आर्जु गुरुङ, मस्ट कन्फिडेन्समा सुनिला कायस्थ, मस्ट डिसिप्लिनमा मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङमा तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभमा अनिशा श्रेष्ठ, मस्ट स्मार्टमा सन्तोषी पाण्डे जोशी, मिसेस पंचलमा सुनिता तमाङ, बेस्ट फिगरमा मिना श्रेष्ठ, मस्ट पपुलरमा सुनिता तामाङ र मिसेस पब्लिक चईस एवार्ड मा तारा थापाले हात परेका थिए ।</p><p>प्रतियोगितामा निर्णायकको रुपमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य रहेका थिए। तियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडा कोरियोग्राफर हिमानी सुब्बाले श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगितालाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन् भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।</p>