पुर्ण गुरुङलाई दोहोरी गीत प्रतिष्ठानबाट १ लाख २५ हजार सहयोग (भिडियो रिपोर्ट)

आर्टिस्ट खबर, भदौ, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका चर्चित गायक पुर्ण गुरुङ यतिखेर दुबै मृगौला फेल भएपछि बिगत एकमहिना देखी काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराईरहेका छन् । गीतसंगीतको क्षेत्रमा हजार बढी गीत दिइसकेका गुरुङका लागी कलाकारहरु सहयोगमा जुटिरहेका छन् । यसैबिच सोमबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नगद १ लाख २५ हजार सहयोग गरेको छ । साथै केहि दिन अघिमात्रै प्रतिष्ठानले ७५ हजार सहयोग गरेको थियो । साथै गायिका सुनिता दुलालले पनि केहि दिन अघि मात्र आफ्नो ब्यक्तिगत तर्फबाट ५० हजार रुपैया सहयोग गरेकी थिइन् ।

सोमबार टिचिङ अस्पताल पुगेका प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी लगायतका कलाकारहरुसँग आर्टिस्ट खबरले गरेको प्रत्यक्ष कुराकानी हेर्न सक्नुहुनेछ ।