<pre><b>असोज, काठमाडौं।</b></pre><p>बलिउड कलाकार कंगना रनावत र ऋतिक बिचको पछिल्लो समय चलिरहेको विवादले अब नयाँ मोड लिएको छ। अहिले सम्म मिडियामा कंगनाले ऋतिकलाई लगाएको आरोप बाहिरिएको थियो । र यस विषयमा ऋतिक मौन रहेका थिए। अब भने ऋतिकले यस विषयमा आफ्नो जवाफ दिएका छन्। <br> उनले आफ्नो फेसबुक र ट्वीटरमार्फत एक सन्देश शेयर गदैृ कंगनाले लगाएको सबै आरोप झुट भएको बताएका छन्। र उनले कंगना संग व्यक्तिगत रुपमा नभेटेको बताएका छन्। पछिल्ला दिनहरुमा आफुसँग जोडिएर आएका समाचारहरु झुठा भएको दावी गर्दै ऋतिकले भनेका छन्, ‘‘कंगना र मेरो पेरिसमा भएको भनिएको ईंगेजमेन्टको कुनै ठोस प्रमाण छैन् । २०१४ मा मैले कंगनासँग कुनै ईंगेजमेन्ट गरेको छैन् ।’’ उनले कंगना महिला भएका कारण सवैले उनको कुरा पत्याएको बताएका छन् ।उनले लेखेका छन् ‘‘कंगना महिला भएकै कारण सवैले विश्वाश गरे, किनकी कुनैपनि महिला यस्ता कुरा किन गर्लान ।’’ एजेन्सी</p>