असोज, काठमाडौं।

बलीउड का शहंशाह अमिताभ बच्चन ११ अक्टोबरमा आफ्नो ७५औं जन्मदिन मनाउँदै छन्। तर उनले आफ्नो जन्मदिन अरु सेलिब्रेटी जस्तै केक काटेर मनाउनेछैनन्। आफ्नो जन्मदिनमा केक नकाट्नुको कारण उनले पहिले पनि खुलाइसकेका छन्। जन्मदिनको कुरा गर्दै उनले आजकल जन्मदिनमा केक काट्न छोडेको बताएका छन्। किनकि उनलाई बर्थडेमा केकको कुनै औचित्य रहन्छ भन्ने लाग्दैन्।

अमिताभले केक प्रथा बन्द गर्न लगाएको भन्दै बताएका छन- 'मलाई थाहा छैन् कि किन केक ल्याइन्छ, मैनबत्ती किन लगाइन्छ। उनले मजाकमै भने केकमा लगाइएको मैनबत्ती बालेपछि त्यसलाई निभाउन लगाइन्छ त्यसपछि चक्कु ल्याईन्छ्। आजकल नयाँ प्रथा आएको छ कि जब यि सबै काण्ड सकिन्छ केक लिएर मुख मा दलिन्छ यसैकारण मैले केक काट्न बन्द गरेको छु। एजेन्सी

२२ आश्विन २०७४, आईतवार ०३:४८