अमेरिका पुगेपछि अरुणिमा लम्सालले गरिन् डिभोर्स

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;पछिल्लो समय चलचित्र क्षेत्र बाट टाढा रहेकी नायिका अरुणिमा लम्साल अहिले अमेरिकामा रहँदै आएकी छिन्। यसैविच उनको वैवाहिक सम्बन्ध टुगिंएको खवर बाहिरिएको छ। अरूणिमाका निकट एक फिल्मकर्मीले अरुणिमाले पति अमित अर्यालसँग डिभोर्स गरेको बताएका छन्। अमेरिकाकाको मेरिल्याण्डमा बस्दै आएकी अरुणिमा विगत एक वर्षदेखि छुट्टै बस्दै आएकी थिईन् । अमेरिकाको मेरिल्याण्डको कानुन अनुशार डिभार्स गर्नका लागि पति वा पत्नी एक वर्षसम्म छुट्टै बस्नुपर्ने नियम छ । एक वर्षसम्म छुट्टै बसे मात्र कानुनि प्रक्रियामा गएर औपचारिक रुपमा डिभोर्स हुने त्यहाँको नियम छ । त्यसैले अरूणिमा पतिलाई छाडेर आफ्नी छोरी र बाबुआमाका साथमा बस्न थालेकी छन् ।</p><p>स्रोतका अनुशार १२ वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका अरुणिमा र अमित बीचको सम्बन्धमा बिहेको केही वर्षमै समस्या आएको थियो । उनीहरूबीच केही महिनायता सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरूबाट एक छोरी छन्। अमेरिका जानुअघि नै दुबैजनाले छुट्टिने मनसायसाथ गएको बताइन्छ । सोही योजना अनुसार उनीहरूले नेपालमै छँदा सम्पत्तिको भागबन्डा गरेका थिए ।</p>