‘कहिँ कतै’को ट्रेलर सार्वजनिक ,सिक्किममा हुँदैछ विश्व प्रिमियर

असोज, काठमाडौं।

सविर श्रेष्ठ निर्देशनमा बनेको चलचित्र ‘कहिँ कतै’को ट्रेलर सार्वजनिक भएको छ । रोमान्टिक र फेमिली ड्रामामा बनेको चलचित्रमा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतका कलाकारको अभिनय रहेको छ। नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा विश्व प्रिमियर हुँदैछ । नेपाल रिलिज डेट भने तय भएको छैन । चलचित्रमार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् ।

यसअघि नै ‘झ्वाइँया झान..’ रोमान्टिक गीत हिट भैसकेको चलचित्रले ट्रेलर आउट गरेको हो । तन्नेरी प्रेमलाई कसरी अभिभावकको विगतले प्रभाव पार्छ भन्ने चित्रण ट्रेलरले गरेको छ ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् ।डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले चलचित्रलाई निर्माण गरेकी हुन् । हेर्नूस ट्रेलर