पल शाहले पनि छोडे एलिजाको ‘अनुराग’

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको&nbsp; निर्माणमा बन्न लागेको चलचित्र 'अनुराग'मा नायक पल शाहले १८ लाख पारिश्रमिक मागेको चर्चा नसेलाउँदै चलचित्रमा पल शाह नहुने खवर बाहिरिएको छ। एलिजा गौतमले निर्माण तथा अभिनय गर्न लागेको चलचित्र ‘अनुराग का लागि सुरुमा दिपक घिमिरे अनुवन्धित भएका थिए । तर, त्यसको केही दिनमै उनी चलचित्रबाट निक्लिएको खबर आयो । दिपक बाहिरिएको केही दिनमै चलचित्रमा नायक पल शाह अनुवन्धित भएको खबर आयो । यसका साथै , पलले १८ लाख लिएर चलचित्रमा काम गर्न लागेको चर्चा पनि सिनेवृत्तमा निकै चलेको थियो।&nbsp;</p><p>तर अब&nbsp; चलचित्रमा पल शाहले नखेल्ने भएका छन्। चलचित्रका लागि नयाँ नायकलाई अनुवन्धित गरेर वर्कशपको काम चलिरहेको छ । पलले चलचित्रको कथाको अन्तिम ड्राफ्ट मागेका थिए । तर, त्यो अगाडि नै पल र एलिजा रोमान्स गर्न लागेको खबर बाहिरिएपछि पलले चलचित्र छाडेको वुझिएको छ । चलचित्रका निर्देशक सत्यराज चौलागाइले भने-‘पलले अभिनय गर्न लागेको चलचित्र ‘शत्रु गते’ र यो चलचित्रको छायांकन समय जुधेकाले काम गर्न नसकिएको हो ।’</p>