<pre><b>असोज, काठमाडौ।</b></pre><p>गायक पवन थिङलेको स्वर रहेको आधुनिक गीतहरुको एल्बम ‘फ्लाई’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक समारोहमा गायकको एल्वम विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामा लगायतले सार्वजनिक गरेका थिए । <br>शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पाँच गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन् । एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत रहेको छ। विमोचन कार्यक्रममा एल्बमको ‘सिमा पारी बोलको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।यस गीतको भिडियोलाई पासाङ योञ्जनले निर्देशन गरेका छन्। </p>