कोमल वलीलाई पहिलो उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित गायिका तथा नेतृ कोमल वलीलाई उत्सर्ग फिल्मस् नेपालले उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ ।दाङको घोराहीमा असोज ३१ गते हुने उत्सर्ग डान्सिङ स्टार ४ को फाइनलमा वलीलाई उक्त पुरस्कार दिइने बताइएको छ।उत्सर्ग फिल्मस् नेपाल का प्रवन्ध निर्देशक केएल पीडितले&nbsp; यस वर्षदेखि प्रारम्भ गरिएको यो पुरस्कार प्रत्येक वर्ष गीत संगीत क्षेत्रका राष्ट्रिय प्रतिभाहरुलाई प्रदान गरिने बताएका छन्। <br>उनले गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत गायिका वलीलाई पहिलो उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार&nbsp; बाट पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएका छन्। वलीलाई प्रमाणपत्रसहित १५ हजार रुपैयाँ राशी प्रदान गरिने बताइएको छ।&nbsp;</p>