रेडियो अडियोका अधिकारीलाई ‘इनास सम्मान’

...

<pre><b>असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धारा आयोजीत ‘इनास फिल्म अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । जसबाट बिभिन्न चलचित्रकर्मिहरु सम्मानित भएका छन् । यसैबिच रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीलाई&nbsp; ‘इनास सम्मान’ प्रदान गरिएको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">नेपाली कला र संस्कृतिको उत्थान र बिकासमा योगदान पु¥याएको भन्दै अधिकारीलाई ईनासले उक्त सम्मान प्रदान गरेको हो । अधिकारीले एकदशक अघि बजार प्रतिनिधीमा रुपमा रेडियो अडियोमा सेवा शुरु गरेका थिए । एक दशक लामो कार्य अनुभवमा रेडियोको व्यवसायीक बजार बिस्तारसँगै नेपाली गीत संगीत कला र संस्कृति खासगरी चलचित्र उद्योगका लागि उनले गरेको सेवा उदाहरणीय छ ।</p><p style="text-align: justify; ">सम्मानले रेडियो प्रसारण संस्था मार्फत् नेपाली चलचित्र र&nbsp; गीत संगीतको प्रवद्र्धनका जाँगर झनै उर्जा&nbsp; बढेको&nbsp; अधिकारीले बताए । आउदा दिनमा पनि नेपाली कला साहित्य र नेपाली चलचित्र , गीत संगीतको हितका लागि&nbsp; अझै प्रभावकारी ढंगले लागी पर्ने पनि उनले बताए । अधिकारीले आफ्नो प्रसारण संस्था रेडियो अडियोले नेपाली गीत संगीतको प्रसारण गरे वापत रोयल्टी दिएको बताउदै आउदा दिनमा त्यस्ता कार्यलाई अझै प्राथमिकतामा राख्ने योजना सुनाए । अमित कार्यरत रेडियो अडियो हास्य ब्यङ्ग्य मनोरंजन संगै नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली गीत संगीतको सम्बद्र्धनको लागि कटिबद्ध भएर लागी रहेको प्रसारण संस्था हो ।</p>