गीतकार अंगाईको चिनारी सार्वजनिक

असोज, काठमाडौं ।

गीतकार ध्रुव प्रसाद अंगाईले ‘चिनारी’ एल्बम बजारमा ल्याएका छन् । ९ गीत समावेश एल्बममा बिभिन्न चर्चित गायक तथागायिकाहरुको स्वर रहेको छ । शनिबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको एल्बममा ‘मखमली चोलीमा ढाकाको टुना’,  ‘फूल दिउँ त ओइली जाला’, ‘कैले माया यता लायो’, ‘मन खोलेर गाउ है गीत’, ‘बिहानीको घामको झुल्को’, वारीमा खोला पारीमा खोला’ र तिन फरक गायक तथा गायिकाहरुले गाएको गीत ‘नजुरेको लगन हाम्रो’ समावेश छन् ।

एल्बम सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार अँगाईले भोलीका दिनमा आफ्नो रचना मर्न नपाउन् भन्दै सिर्जना तर्फ लागेको बताए । ‘मैले कुनै पैसा कमाउने अविलासाले एल्बम ल्याएको होइन । मेरो संगीत क्षेत्रमा एक ‘हार्डडिक्स’ बनोस भन्ने मेरो मनसाय मात्र हो ।’, अँगाईले भने । कार्यक्रम बरिष्ठ स्रष्टा रत्न शमशेर थापा, प्रेम धोज प्रधान, डा. कृष्ण हरी बराल लगायतको उपस्थिती थियो । एल्बम बिन्धाबासिनी म्युजीकद्धारा बजारमा आएको हो ।